• Wednesday, May 21, 2025

प्रभावकारी बन्दै ‘पढ्दै, कमाउँदै’ कार्यक्रम

विष्णु पाण्डेय / काठमाडौं, भदौ १२ गते । आर्थिक बर्ष २०७८÷७९ बाट सुरु भएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रम अहिलेसम्म २४० विद्यालयमा लागू भएको छ । सुरुमा परीक्षणका रुपमा १४४ विद्यालयमा प्रारम्भ भएको कार्यक्रम गतबर्ष १०० विद्यालय थप गरी २४४ विद्यालय पुगेका थिए । तर चार विद्यालयले कार्यक्रम स्थगन गरेकाले अहिले २४० विद्यालयमा मात्र सञ्चालन भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीका अनुसार सुरुमा परीक्षणका रुपमा १४४ विद्यालय चयन भएकोमा कार्यक्रम प्रभावकारी भएपछि गतवर्ष १०० विद्यालय थप गरिएको हो । चयन भएका अधिकांश विद्यालयहरुमा कृषिसम्बन्धी ज्ञानहरु बढिरहेको जोशीले बताउनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै (लर्निङ् बाई अर्निङ्) विद्यालय सहयोग कार्यक्रमका लागि यी सामुदायिक विद्यालय छनाेट भएको उहाँले बताउनुभयो । प्राबिधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीका लागि लक्षित गर्दै सरकारले निर्देशिका जारी गरेको थियो ।

आवेदन परेका विद्यालयहरुलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरिएको आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको जोशीले जानकारी दिनुभयो ।

पहिलो चरणमा छनाेट भएका १४४ विद्यालयहरुलाई प्रतिविद्यालय १० लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । तर, गतवर्ष छनाेट भएका १०० वटा विद्यालयलाई उपलब्ध गराउने भनिएको १५ लाख रुपियाँ भने उपलब्ध नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सुरुमा परीक्षणको रुपमा सुरु भएको १४४ जिल्लामा बार्षिक १० लाखका दरले बजेट विनियोजन भएको थियो । तर गतवर्ष थपिएका १०० विद्यालयलाई १५ लाख बजेट विनियोजन गर्ने भनिएको थियो । तर वितरण भएन । यस वर्ष हुन्छ कि ?”

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी आएआर्जन पनि गर्ने योजनाको साथ यो कार्यक्रम लागु गरिएको हो ।

स्थानीय तहले पनि समन्वय गर्नुपर्छ

बजेट अभावमा यो कार्यक्रम कार्यान्वयन गर्न समस्या हुनेभएकाले स्थानीय तहले यसमा समन्वय गर्नुपर्ने जोशीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रले मात्र विनियोजन गरेको रकमले नपुग्ने भएकाले स्थानीय तहले आर्थिक एवम् अन्य समन्वात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यस कार्यक्रमलाई केन्द्रले मात्र गरेको बजेट विनियोजनले पुग्ने सम्भावना छैन । त्यसैले सम्बन्धित स्थानीय तहले पनि आर्थिक सहयोग वा अन्य समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्छ ।”

स्थानीय तहले पनि यस वर्ष ५० विद्यालय थप्ने तयारी

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी जोशीका अनुसार ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष थप ५० वटा विद्यालय थप्ने तय भएको छ । कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुको वरिपरी आवश्यक जग्गा भएको र अनुगमनका आधारमा पर्याप्त पूर्वाधार भएका विद्यालयहरु मात्र छनाेट हुने उहाँको भनाइ छ ।

यस कार्यक्रमले विद्यार्थीलाई अध्ययनका साथै प्रयोगात्मक सीपहरु पनि सिकाउने भएकोले आयआर्जनका साथै सानै उमेरदेखि सीपको ज्ञान हुने उहाँको भनाइ छ । केही विद्यालयले भने प्राविधिक सीप सिकाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter