• Thursday, May 15, 2025

सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न हुँदैन : सभापति लामिछाने

काठमाडौं, भदौ १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताउनुभएको छ। बुधबार काठमाडौँमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक बृहत् छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो।

उहाँले राज्यले मुलुकभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताउनुभयो।उहाँले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भएपनि निरुत्साहित बनाइ रहेको बताउनुभयो।

उहाँले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।उहाँले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले व्यापार व्यवसाय र व्यापारी व्यवसायीको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने नभएर नीतिले गर्ने बताउनुभयो।

सभापति लामिछानेले नीतिले संरक्षण गर्‍यो भने मात्रै निजी क्षेत्र समृद्ध हुनसक्ने बताउनुभयो।उहाँले व्यापार व्यवसाय र उद्योगी व्यवसायीलाई अहिलेसम्म नेताले संरक्षण गरेकाले मुलुकमाथि उठ्न नसकेको बताउनुभयो।

उहाँले निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार रहेको भन्दै उद्योगी व्यवसायीलाई पार्टीमा सदस्य बन्न र चन्दा आतङ्कको मारमा कहिल्यै पनि बाध्य नपार्ने बताउनुभयो।उहाँले अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर मुलुकको अर्थतन्त्र माथि उकास्न नसकिने बताउनुभयो।

उहाँले पछिल्लो समय मारवाडी व्यवसायी समूहलाई लिएर अपमानजनक टिप्पणी भएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो।उहाँले जुनसुकै समुदायको मानिस भए पनि गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गर्न आग्रह गर्नुभयो।उहाँले संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरूलाई अपमानित गर्ने, निरुत्साहित गर्ने काम गर्नु नहुने बताउनुभयो।

सभापति लामिछानेले व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिबद्ध रहेको पनि बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter