• Tuesday, May 20, 2025

विद्युत चोरी गर्नेलाई प्राधिकरणद्वारा कारबाही

धीरेन्द्रप्रसाद साह / जनकपुरधाम, भदौ १३ गते । नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा विद्युत चुहावट नियन्त्रण गर्न थालिएको अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

विद्युत पोलमा सिधै हुकिङ्गगरी विद्युत प्रयोग गरिरहेको अवस्थामा अभियान टोलीले उनीहरूलाई पक्राउ गरी कारबाही गरेको हो । मधेश प्रदेशका जिल्लामा रहेको २३ वटा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले आर्थिक वर्ष २०७९–८० मा सञ्चालन गरेको विद्युत चुहावट नियन्त्रण अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७९० जनालाई हुकिङ्गगरी विद्युत प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरी कारबाही गरिएको सो कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई जरिवाना र फेरि विद्युत चोरी नगर्ने प्रतिबद्धता गराएर रिहा गर्दैआएको छ ।

यस्तै, अभियानको क्रममा विद्युत चोरी गर्ने मानिस पक्राउ नपर्दा प्रयोग गरिरहेको विद्युतीय सामग्री नियन्त्रणमा लिनुको साथै मिटरबाट चोरी गर्ने समेतको सङ्ख्या छ हजार ८४८ रहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय मधेश प्रदेश जनकपुरधामले जनाएको छ । यो सङ्ख्या अघिल्लो वर्ष छ हजार ९६७ रहेको थियो ।

प्रदेशभर विद्युत चुहावट नियन्त्रण गरी कारबाही गर्दा ५४ लाख ९४ हजार २७६ युनिट उठेको छ । जुन अघिल्लो वर्षको तुलना नौ लाख २६ हजार ४९९ युनिट बढी हो ।

अघिल्लो वर्ष ४५ लाख ६७ हजार ७७६ युनिट उठेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । विद्युत चुहावट नियन्त्रणको क्रममा विद्युत चोरी गरिरहेको अवस्था नियन्त्रणमा लिएको व्यक्ति, विद्युतीय सामग्री, विद्युत मिटरउपर कारबाही गरी दण्ड जरिवानाबापत कूल पाँच करोड २१ लाख ९३ हजार ७३७ रुपियाँ राजश्व असुली भएको उहाँले बताउनुभयो ।

यसभन्दा अघिको वर्षमा छ करोड ६४ लाख ३२ हजार ८५८ रुपियाँ कारबाहीबाट असुली भएको थियो । विद्युत चुहावट नियन्त्रण अभियानको तीव्रताको कारण चुहावट प्रतिशतमा पनि कमी आएको सो कार्यालयको भनाइ छ ।

यस्तै, विद्युत महसुल नबुझाउने ग्राहकको सङ्ख्या पनि धेरै छ । महसुल नबुझाउने २८ हजार ९२३ वटा मिटरको लाइन काटिएको छ । उनीहरूबाट एक अर्ब ३० करोड १६ लाख ९२ हजार ७१८ रुपियाँ असुली गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर विनीता मण्डलले जानकारी दिनुभयो ।

लाइन काटिएपछि पुनः लाइन जडान गर्ने ग्राहकको सङ्ख्यामा वृद्धि भएको छ । लाइन पुनः जडान गर्ने ग्राहक सङ्ख्या २४ हजार ९५५ छन् । लाइन पुनः जडान गरेबापत ८५ करोड ३२ लाख ३१ हजार ३७० रुपियाँ राजश्व सङ्कलन भएको छ । पुनः लाइन जडान गर्दा सेवा शुल्कबापत पनि दुई करोड १० लाख ७८ हजार तीन रुपियाँ राजश्व उठेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter