लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा

लक्ष्मण पौडेल / भैरहवा, भदौ २१ गते । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ । बिहीबार लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताउनुभयो ।

आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान गर्न आफ्नो उद्देश्य रहेको दाबी गर्दै कर्मचारीलाई आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न निर्देशन दिइएको बताउनुभयो । कोषका कर्मचारीमा काम नगर्ने प्रवृत्ति हाबी हुँदा लुम्बिनी गुरुयोजना समयमै पूरा हुन नसकेको र यहाँको विकास पछाडि परेको लामाले चर्चा गर्नुभयो ।

कोषभित्रका बिहारले विदेशी पाहुना राख्दा होटेल व्यवसायीहरू मर्कामा परेको गुनासो आएको भन्दै उहाँले विहारहरू अन्य देशमा पनि हुने तर तिनीलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले बुद्धत्व झल्किनेगरी मायादेवी मन्दिर पुनः निर्माणका लागि व्यक्तिगत रूपमा सात करोड रुपियाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने बताउनुभयो ।

लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी विकास कोष क्षेत्रमा पशुबध र मासु विक्री वितरण अव्यवस्थित हुँदा लुम्बिनीको गरिमामा आँच पुगेकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लुम्बिनीसँग जोडिएका कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह क्षेत्रको एकीकृत विकासका लागि आफूले सम्बन्धित क्षेत्रका सरोकारवालासँग सहकार्य र छलफल गरी अघि बढ्ने बताउनुभयो ।

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजनाका बाँकी काम छिटो पूरा गर्नेतर्फ आफू क्रियाशील रहेको र यसका लागि आफूले निरन्तर अनुगमन गरिरहेको समेत बताउनुभयो । लुम्बिनीमा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउनेखालका योजना र कार्यक्रम अझै सञ्चालन हुन नसकेको भन्दै आफूले निरन्तर पहल गर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter