साक्षरता दिवसमा विद्यार्थीलाई सम्मान

गोकर्ण पौडेल / तुलसीपुर, भदौ २२ गते । ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

पालिकाले सामुदायिक विद्यालयतर्फ गुरुजजुर माध्यमिक विद्यालयका सुनिल न्यौपाने, बालमितेरीका बासुदेव अधिकारी र कमला श्रेष्ठ, संस्थागततर्फ ज्ञानज्योतिका जेनिसा सुवेदी, अमरका लोचना अधिकारी, तुलसी माविका भीषण डाँगी, भरत वली र दीक्षान्त केसी, चन्द्रोदय विद्याकुञ्जका प्रतीक भण्डारी र सागर बस्नेतलाई नगदसहित सम्मान गरिएको छ ।

त्यस्तै कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक गुरुजजुर माविका दीपेन्द्र घर्ती, माध्यमिक विद्यालय सेन्टरका आस्था केसी, संस्थागततर्फ गोरखाकी समीक्षा हमाल र ज्ञानज्योतिका सिद्धान्त केसीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पालिकाले शिक्षा सुधारमा पालिकाको तर्फबाट भौतिक, शैक्षिक सुधारका काम सुरुवात् गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि स्यानी चौधरीले पालिकाको तर्फबाट स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारी कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter