• Saturday, May 03, 2025

कोशी प्रदेश: नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर, असोज २० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।

आजै बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य (४७) सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपासमेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् । यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा भने ती दलहरु अहिलेसम्म अनिर्णीत छन् । मुख्यमन्त्रीबाट राजीनामा दिने क्रममा सहमतिको आव्हान गर्दै एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मतकुमार कार्कीले अरू दलहरु मिलेको अवस्थामा आफ्नो दल बाँकी अवधि प्रतिपक्षमा बस्न तयार रहेको बताएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter