• Saturday, May 03, 2025

इजरायलबाट फर्कन चाहने नेपालीलाई ल्याउन गृह मन्त्रालयले प्रक्रिया अगाडि बढायो; ३२ नेपालीको सुरक्षित स्थानान्तरण

काठमाडौं, असोज २२ गते । गृह मन्त्रालयले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई ल्याउन प्रक्रिया अगाडि बढाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल भएको घटनामा परी मृत्यु भएकाको शव ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहनेलाई नेपाल ल्याउने निर्णय गरेको थियो । सोही निर्णयहरुलाई मन्त्रालयले कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,’यस सम्बन्धमा इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी नेपाल ल्याउन प्रबन्ध गर्ने लगायतका मन्त्रिपरिषद्का निर्णयहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने प्रक्रिया अगाडि बढिसकेको छ ।’

३२ नेपालीको सुरक्षित स्थानान्तरण

काठमाडौँ । इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको हो ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानमा लगिएको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter