• Tuesday, June 10, 2025

नवीकरणीय उर्जामा लगानी गर्न अर्थमन्त्री डा. महतको आग्रह

करुण अर्याल / लण्डन, कात्तिक १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ ।

भेटका क्रममा अर्थमन्त्री डा. महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित उर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलव्ध गराउन समेत आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिदैआएको लगानी नेपालमा थप वृद्धि गर्न अनुरोध गर्नुभयो । टे«जरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दैआएको र यसलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले ग्रीन फाइनान्स क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दैे बेलायतको निजी क्षेत्रलाई नेपालको हरित उर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपपमुख रोशन खनालको पनि सहभागिता थियो ।

लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा. महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेनशको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय उर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी हुनुभएको थियो ।

सोक्रममा मन्त्री डा. महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गरिने बताउँदै वैदेशिक लगानीकर्ताले लाभाशं फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भैसकेको पनि जानकारी दिनुभयो ।

डोल्मा फाउण्डेशनका टीम गोचर र जापनीज बैङ्क एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आप्mनो धारणा राख्नुभएको थियो ।

यसैगरी स्टाण्र्डड चार्टर बैङ्कका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो.माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभुमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter