तीन महिनादेखि लगातार बढ्न थाल्यो ऋण लिनेको संख्या

काठमाडौं, मंसिर १० गते । गत फागुनमा कर्जाको ब्याजदर उच्च भएसँगै ऋण लिनेको संख्या घट्न थालेकोमा साउन लागेसँगै लगातार बढेको छ।

गत फागुनमा बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)बाट ऋण लिनेको संख्या १८ लाख ५४ हजार ५९८ रहेकोमा त्यसपछि केही समय ऋण लिनेको संख्या घट्दै गयो।

गत जेठमा ऋणी संख्या पुनः बढेर हालसम्मकै उच्च १८ लाख ५५ हजार ७ सय ८० पुगेको थियो। तर, यो वृद्धिले निरन्तरता पाएन।

असारमै यो संख्या घट्यो र १८ लाख ४५ हजारमा सीमित भयो। त्यसयता भने मासिक रुपमै कर्जा लिनेको संख्या बढ्न थालेको छ।

गत फागुन २०७९ मा कर्जाको ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो। त्यसयता ब्याजदर घट्दै गइरहेको छ।

जेठमा कर्जाको ब्याजदर १२.३ प्रतिशत रहेकोमा यसमा थप कमी आइरहेको छ। यही कारण पनि ऋण लिनेको संख्यामा सुधार देखिन थालेको हो। असोजमा कर्जाको ब्याजदर घटेर १२.११ प्रतिशतमा आइपुगेको छ।

असार २०७८ मा कर्जाको औसत ब्याजदर ८.४३ बिन्दुमा रहेपछि कर्जाको विस्तार समेत उच्च दरमा भइरहेको थियो।

सो समय कर्जा लगानी कुल गाहस्थ्य उत्पादन (जिडिपी) को ९७.८६ प्रतिशत बराबर रहेकोमो यस्तो अनुपातमा समेत वृद्धि भएको थियो।

कर्जा लगानी जिडिपीको १००.२४ प्रतिशतसम्म पुगेको थियो।

ब्याजदर बढ्दै जान थालेपछि भने कर्जाको मागमा पनि कमी आयो। गत फागुन २०७९ मा कर्जा लगानी जिडिपीको १००.०८ प्रतिशतसम्म आएकोमा त्यसयता यो अनुपात पनि घट्दै जान थाल्यो। जेठमा यो अनुपात ९०.२८ प्रतिशत रहेकोमा यो असोजमा ९२.९ प्रतिशत छ।

बैंकहरूले २०७९ असारबाट कर्जा निक्षेप अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने व्यवस्था गरिएको थियो। माघ २०७९ सम्म यही सीमासम्मै कर्जा लगानी गरिरहेका बैंकहरूको कर्जा विस्तारमा सुस्ति आएसँगै बैंकहरूमा लगानी योग्य पुँजी थुप्रिदै गयो।

असोजमा यस्तो अनुपात ८४.५३ प्रतिशत अनुपात छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter