• Saturday, May 17, 2025

सुन्तला प्रवर्द्धनका लागि डोको उपहार

राधाकृष्ण डुम्रे / वालिङ, मङ्सिर १५ गते। स्याङ्जाको सुन्तला भने पछि लोकप्रिय रहेको छ। रसिलो र स्वादिलो सुन्तला कै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो। स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाले विभिन्न रणनीति अपनाउँदै आएका छन्।

जिल्लाको चापाकोट नगरपालिकाबाहेक सबै पालिकामा सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ। पछिल्लो समय स्याङ्जाको पुतलीबजार नगरपालिकाले सुन्तलाको बजारीकरण र प्रवर्द्धनका लागि सुन्तला उपहार दिने गरेको छ।

पालिकाले भ्रमणमा आउने विभिन्न पालिकाका प्रतिनिधिलाई सुन्तलाको डोको उपहार दिने गरेको छ। यस्तै पालिकाको तर्फबाट अवलोकन भ्रमणमा जाँदा पनि यसलाई निरन्तरता दिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो।

स्याङ्जाको सुन्तला भने पछि उहाँहरूमा निक्कै सकारात्मक सोच आउने गरेको प्रमुख रेग्मीले बताउनु भयो। यो वर्ष सुन्तला उत्पादनमा कमी आए पनि राम्रो बजार पाइरहेको कृषकको भनाइ छ।

पालिकाहरूले बजारीकरणमा सहयोग गरिदिने हो भने उत्पादन अझै बढ्ने कृषक बोधराज अर्यालको भनाइ छ। पछिल्लो समय सुन्तला खेती गर्नेको सङ्ख्या बढिरहेको भन्दै अर्यालले पालिकाले यसलाई विशेष क्षेत्रको रूपमा राखेर काम गर्नुपर्ने बताउनुभयो।

अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको कृषि क्षेत्रका सङ्घसंस्थाले बताएका छन्। जिल्लाभर २२ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ।

जिल्लाभरका १२ हजार धरधुरी सुन्तला किसानका ३ हजारभन्दा बढी साना ठुला सुन्तलाका बगैँचा छन्। स्याङ्जाका ६/७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुन्छ। सुन्तलाका लागि उपयुक्त भूगोल रहेको स्याङ्जामा प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रमले पनि उत्पादन बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाउँपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ। कार्यक्रम सञ्चालनपछि सहकारी, समूह र निजी फार्म दर्ता गरी सुन्तला खेती गर्न किसानको सङ्ख्या बढेको सुपरजोन कार्यालय प्रमुख लम्सालको भनाइ छ। स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो हुने हुँदा पोखरा, बुटवल लगायतका ठाउँमा माग रहेको कृषकको भनाइ छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter