• Thursday, May 22, 2025

एक वर्षभित्र स्थायी आवास निर्माण गर्छौँ : सञ्चारमन्त्री शर्मा

प्रतीक इच्छुक शर्मा / सल्यान, मङ्सिर १६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निमार्ण गरिसक्ने बताउनुभएको छ। सल्यान दार्मा गाउँपालिका ५ स्थित ढकाडामकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास तथा शौचालय निर्माणका स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘भूकम्प प्रभावित बस्तीमा समय र लक्ष्य किटान गरेर एक वर्ष भित्र स्थायी आवास निमार्ण गरिनेछ। स्थानीय तहको नेतृत्वमा छिटो छरितो अभियानात्मक रूपमा भूकम्प प्रभावितको आवास निर्माण गरिने छ। समय किटान गरेर बस्ती किटान गरेर सरकार लागिरहेको छ। स्थानीय तह, जनप्रतिनिधिको सक्रियता रहेको छ।’’

उहाँले स्थानीय तहको नेतृत्वमा छिटो छरितो र अभियानात्मक रूपमा भूकम्प प्रभावितको आवास निर्माण गरिने बताउनुभयो। विपत्तिलाई शिक्षा र अवसरका रूपमा लिएर पुनर्निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।

जनताको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिएर काम गर्नुपर्छ। भूकम्प प्रभावितको जीवन सहज बनाउनु सेवासँग जोडिएको छ। नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन र सेवा प्रवाहको भएकाले स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने छ।

स्थानीय आवश्यकताको आधारमा योजना बनाउने काम स्थानीय तहको भएकाले स्थानीय सरकारले जति राम्रो योजना बनाउँछ, त्यसका आधारमा सङ्घ तथा प्रदेशलाई सहजीकरण गर्न सहज हुनेछ।

रोल्पा रुकुम,सल्यान लगायतका जनयुद्धका आधार क्षेत्रले राज्य सत्ता परिवर्तनमा पुराएको योगदान स्मरणीय रहेको उल्लेख गर्दे मन्त्री शर्माले विपत्तिको समयमा सरकार जनताको साथमै रहेको बताउनुभयो।

कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले तिनै तहको सरकार र जनताको सहभागितामा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माण गरिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘भूकम्प प्रभावितको खोज उद्धारमा लिएको पहलकदमी अब पुनः निर्माणमा पनि लिएर जनजीवन सहज बनाइने छ।’’

सल्यान दार्मागाउँपालिकामा गएको कार्तिक १७ गते गएको भूकम्पले दार्मा गाउँपालिका सल्यानमा ठुलो भौतिक क्षति गरेको छ। गाउँपालिका भित्र रहेका १ हजार १७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने एक हजार ८१ घरमा आंशिक क्षति भएको छ। पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय, पाँच वटा स्वास्थ्य संस्था र तीन वटा वडा कार्यालयमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार पालिका भित्रका २ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। पालिकामा रहेका १ हजार १७९ घरधुरीका ६ हजार ३१८ जनसङ्ख्या विस्थापित भएको छ। शनिबार सञ्चारमन्त्री शर्माले सल्यानका विभिन्न स्थानमा आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter