• Monday, May 19, 2025

नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल

काठमाडौँ, पुस २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विविधतायुक्त नेपाली समाजको एकताका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा बोल्दै उहाँले जनताको ठुलो दुःख र त्याग पश्चात् यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरूसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताउनुभयो । उहाँले राष्ट्र र जनताप्रति दायित्व नभुली अघि बढ्न पनि शिक्षित युवाहरूले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास समेत व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ । भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि यो अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझन जरुरी छ । वर्तमान युगमा शिक्षाबिनाको समाजको कल्पना पनि गर्न सकिँदैन । त्यसैले शिक्षा विकासका लागि पर्याप्त नभएपनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गर्दै आएको छ । त्यसको प्रतिफल तपाईँहरूको परिश्रमसमेतका कारण आज तपाईँहरू यो स्थानमा हुनुहुन्छ । तपाईँहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ ।’’

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । तसर्थ, यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । त्यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नु हुनेछैन भन्नेमा म आशावादी छु । साथै तपाईँहरूले प्राप्त गर्नु भएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ । र, एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाई छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।’’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालको सगरमाथासहितका हिमालहरू काला पहाडमा रूपान्तरण हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसो हुन नदिन पनि शिक्षित युवाहरूले कार्बन उत्सर्जनको कामलाई न्यूनीकरण गर्दै लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter