• Tuesday, May 20, 2025

सङ्घीय निजामती र प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौँ : उपप्रधानमन्त्री खड्का

धर्बेन्द्र झा / जनकपुरधाम, पुस ५ गते। नेपाली कांग्रेसका उपसभापति, सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐन हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वर्तमान सरकार सङ्घीय ऐन तत्काल निर्माण गर्ने तयारीमा रहेको उल्लेख गर्नुभयो।

सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य सङ्घीय ऐन हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘सङ्घीयतासँग जोडिएका कानुन बनाउन ढिलो भएको छ, हामी चुकेका छौँ। हामीले ०७२ सालको संविधान जारी गर्‍यौँ। आज ०८० सालमा पनि हामीले सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐन ल्याउन सकेका छैनौँ, अन्य सङ्घीय ऐन आउन सकेका छैनन्। वर्तमान सरकारले बाँकी भएका सङ्घीयसँग, प्रदेशको अधिकारसँग जोडिएका कानुन तत्काल निर्माण गर्ने तयारी गरेको छ। कतिपय संसद्का समितिमा गएर छलफलका विषय बनेका छन्। हामी सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत जति पनि सङ्घीय ऐन बनाउन ढिलो भएको छ। हामी सङ्घीय ऐनलाई आउने हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्छौँ ।’’

उहाँले संविधानमा उल्लेख भएकै कारण मधेशी, दलित, मुस्लिम, जनजातिले अधिकार प्राप्त गरेको भन्दै संविधानको रक्षा आवश्यक भएको बताउनुभयो। उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यस मातहतको अहिलेको व्यवस्था विरुद्धमा अबाज उठाउने विरुद्ध मधेशले अबाज उठाउनुपर्ने बताउनुभयो।

उपप्रधानमन्त्री खड्काले मधेशले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्नेसमेत बताउनुभयो। ‘‘संविधानको विरुद्धमा मधेशमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेश उठ्नुपर्छ। मधेशका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ’’, उहाँले भन्नुभयो।

कार्यक्रममा अर्का उपसभापति एवम् कानुन मन्त्री धनराज गुरुङ्गले सङ्घीयताको सफल कार्यान्वयनको सन्दर्भमा आवश्यक महत्त्वपूर्ण कानुनलाई अध्यादेश जारी गरेर भए पनि सरकारले अगाडि बढाउने बताउनुभयो।

सङ्घीयता मार्फत समुन्नत नेपाल बनाउने नेपाली कांग्रेसको लक्ष्य भएको भन्दै विपन्न मधेश नभएर सम्पन्न मधेश बनाउनका लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले मधेश नेपाली कांग्रेसको आधार भूमि भएको बताउनुभयो।

नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्णा यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुर, महेन्द्र यादवसहित दर्जनौँ नेताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter