• Saturday, May 17, 2025

नेपालको यात्रा उज्यालोतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड

शशिधर पराजुली / विराटनगर, पुस ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको यात्रा उज्यालोतर्फ उन्मुख भइरहेको बताउनुभएको छ । मोरङ व्यापार संघ ट्रेड एक्स्पो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको, महंगी कम भइरहेको र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने क्रम अगाडि बढ्नुले अर्थतन्त्र सकारात्मक बन्दै गएको संकेत गर्ने उहाँको भनाइ थियो।

बैंकको ब्याजदर घट्दै जाँदा ऋण प्रवाह बढेको र स्थायी तरलताको सुविधा घटाएका कारण अर्थतन्त्र लयमा फर्किएको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्रीले पर्यटन क्षेत्रमा पनि उल्लेख्य सुधार आएको बताउनुभयो।

देशको उत्पादनको अवस्था कमजोर हुँदा मुलुक रेमिट्यान्सको भरमा चल्नुपर्ने अवस्था राम्रो नभए पनि अहिलेको अवस्थामा रेमिट्यान्सको भूमिका महत्वपूर्ण नै रहेको उहाँले बताउनुभयो।

अहिलेको अवस्थामा सरकारसँग आम नागरिक र व्यवसायीको मनोबल उठाउने चुनौती रहेको भन्दै नकारात्मकता बढाउने प्रयत्नप्रति सचेत रहनुपर्ने बताउनुभयो। नेपालको आगामी यात्रा उज्यालोतर्फ उन्मुख रहेको भन्दै उहाँले रचनात्मक आलोचनाको अपेक्षा गरेको बताउनुभयो।

प्रधानमन्त्रीले बथनाहा-कटहरी कार्गाे रेल संचालनको विषयमा भारतीय उच्च नेतृत्वसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने पनि बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter