• Saturday, May 03, 2025

१०७ वर्षीय धनञ्जय घिमिरे ‘नगर पिता’ घोषित

विष्णुप्रसाद पोखरेल / दमक, पुस ११ गते। झापाको दमक नगरपालिकाले आफ्नो नगर भित्र जीवित रहेका सबैभन्दा ज्येष्ठ नागरिकलाई ‘नगर पिता’ को उपाधि दिन सुरु गरेको छ। ज्येष्ठ नागरिकको सम्मान स्वरूप यो उपाधि दिइएको हो।

दमक नगर प्रमुख रामकुमार थापाका अनुसार बुधबार तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर दमक नगरपालिका वडा नम्बर १ का १०७ वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गरिएको छ। ज्येष्ठ नागरिकको खुला विश्वविद्यालय भएकाले उनीहरूका लागि नगरले विशेष कार्यक्रम ल्याएको उहाँले जनाउनुभयो।

‘‘एक सय वर्ष भन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा घरदैलोमा पुगेर स्वास्थ्य सेवा र आवश्यक औषधि दिन सुरु गरिसकेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘औपचारिक रूपमा नगर पिता सम्मान पनि यो पटक सुरु गरेका छौँ।’’

ज्येष्ठ नागरिकका लागि स्थानीय सरकार रहेको अनुभूत गराउने कार्यक्रम ल्याइने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो।

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँका अनुसार नगर भित्र रहेका एक सय वर्ष माथिको ६ जनालाई ज्येष्ठ नागरिक सम्मान सम्मान गरिएको छ। नगरपालिकामा उपलब्ध तथ्याकंका आधारमा दमककै ज्येष्ठ १०७ वर्षीय घिमिरेलाई नगर पिता घोषणा गरिएको उहाँले स्पष्ट पार्नुभयो।

नगर पिता घोषित घिमिरेसहित दमक ८ का १०६ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक ३ की १०६ वर्षीया नरमाया सोराली, दमक १० की १०५ वर्षीया नर्वदा खनाल, दमक ७ कि १०५ वर्षिया मिनादेवी कार्की र दमक १ कि १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मानपत्र सहित सम्मान गरिएको छ। ज्येष्ठ नागरिकका लागि जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहार पनि उपलब्ध गराइएको भट्टराईले जनाउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter