• Monday, May 19, 2025

सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौं आयौं : मुख्यमन्त्री कार्की

काठमाडौं, पुस १४ गते। सातै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न सङ्घ सरकारलाई अल्टिमेटम दिएका हुन्।

प्रधनमन्त्री प्रचण्डलाई भेटेपछि साँझ सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वनको लागि सबै प्रदेशका मुख्यमन्त्री एक भएर प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको बताउनुभयो।

उहाँले प्रधानमन्त्रीलाई अघिल्लो पटकको जस्तो ज्ञापनपत्रको निरन्तरता वा अधिकार माग्नको लागि निरन्तरता दिने काम नभइ यो पटक संविधान कार्यान्वयनको लागि अल्टिमेटम दिइएको बताउनुभयो। उहाँले संविधान समयमै कार्यान्वयन नभए थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो।

ज्ञापन पत्र बुझाउने, आश्वासन दिने निरन्तरताको क्रमभंग गर्न आफूहरु काठमाडौं आएको उहाँको भनाइ थियो। प्रदेशमा सुशासनको बारेमा प्रश्न उठ्ने गरेको भन्दै संघीय कानुन नबन्दा कर्मचारी नियुक्ति गर्न नपाएको र आधा कर्मचारीबाट सुशासन दिन नसकिने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले सङ्घीय संसद् र सांसदले विधेयकमा छलफल गरेर कानुन पास गर्ने कुरा बिर्सिएर मन्त्री बन्ने र भाइरल हुने काममा मात्रै लागेको आरोप लगाउनुभयो। उहाँले सङ्घीय संसदलाई भाइरल हुने रोग लागेको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेश मुख्यमन्त्रीको सङ्घर्ष र समन्वय सरकारसँग मात्रै नभइ सङ्घीय संसद्सँग पनि रहेको जिकिर गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter