• Sunday, June 01, 2025

झण्डै १३ मेट्रिक टन रैथाने बाली सङ्कलन

राममणि दाहाल / हेटौँडा, पुस १९ गते। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकबाट उत्पादित झण्डै १३ मेट्रिक टन रैथाने बाली सहकारी संस्थामार्फत बिक्री गरिरहेको छ।

रैथाने बाली कोदो, फापर र जुनेलो उत्पादनमा गाउँपालिकाले अनुदान दिन थालेपछि उत्पादनसमेत वृद्धि भएको छ।

मकवानपुरगढी गाउँपालिका वडा न.४ कालीखोला क्षेत्रमा उत्पादित करिब सात मेट्रिक टन कोदो सङ्कलन गरी बिक्री भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ। स्थानीय सहकारी संस्थाले कालीखोला ब्राण्डमा कोदोको पिठो उच्पादन गरी बजारमा बिक्री गर्दै आएको छ।

यस्तै मकवानपुगढी गाउँपालिका ८ बुढीचौरमा पाँच मेट्रिक टनभन्दा बढी फापर सङ्कलन गरिएको छ। यसक्षेत्रमा मिठे फापर र तिते फापर उत्पादन हुँदै आएको छ।

मकवानपुरगढी गाउँपालिका १ रानीसेरा र आसपासका क्षेत्रमा उत्पादित जुनेलो आठ सय केजी सङ्कलन भएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

घट्टमा पिसेको कालीखोला कोदो पिठो, बुढीचौरमा उत्पादित फापरको पिठो र रानीसेरामा उत्पादित जुनेलो अपाङ्ग तथा विपन्न सहकारी संस्थाबाट बिक्री हुँदै आएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter