कान्ति बाल अस्पतालमा अब सिटी स्क्यान र एमआरआई सेवा

काठमाडौँ, पुस २२ गते । कान्ति बाल अस्पतालले अब बिरामीलाई सिटी स्क्यान र एमआरआई सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६२औँ वार्षिकोत्सव अवसरमा आइतबार सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । उक्त मेसिन अस्पताललाई जापान सरकारबाट सहयोग प्राप्त भएको हो ।

उद्घाटन कार्यक्रममा अस्पतालका निर्देशक पङ्कज राय गमा सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको सेवा आइतबार बाट नै सुरु गरिने जानकारी दिनुभयो । साथै यो आर्थिक वर्षमा आकस्मिक कक्षमा बिरामीको गम्भीरताको आधारमा बिरामीको वर्गीकरण गरेर सेवा दिन सुरु गरिएको डा.रायले जानकारी दिनुभयो । डा. रायकाअनुसार आकस्मिक वार्ड बाहिर बिरामीको गम्भीरयताको लक्षण सहितको डिजिटल डिस्प्ले बोर्डको व्यवस्था गरिएको छ ।

त्यस्तैगरी, अस्पतालको वर्नवाडमा एचडियु र पिआइएमसियु वार्डमा आइसियु वार्ड सञ्चालन गरिएको उहाँको भनाई छ । अस्पतालले एक वर्षमा मन्त्रालयको निर्देशनमा ३५२ शय्या मध्ये २४८ शय्या नि:शुल्क शय्यामा परिणत गरेर सेवा दिइरहेको उहाँको भनाई छ ।

डा. रायले ले २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालमा ओपिडी र आकस्मिक कक्षमा एक लाख ९९ हजार २५६ जनाले सेवा लिएको जानकारी दिनुभयो । प्रतिवेदन अनुसार अस्पतालबाट ओपिडीबाट एक लाख ४६ हजार २४९, आकस्मिक कक्षबाट ५३ हजार सात जनाले सेवा लिएका छन् । नौ हजार ५३३ जना बिरामीले अस्पतालमा भर्ना भएर सेवा लिएका थिए । एक वर्षमा १८५ जना उपचाररत बालबालिकाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, दुई हजार ८४२ जनाले सामान्य देखि जटिल प्रकारका शल्यक्रिया भएको डा.रायले जानकारी दिनुभयो । अस्पतालबाट एक वर्षमा चार करोड ३१ लाख ३३ हजार ७४९ रकम बराबरको सेवा निःशुल्क सेवा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा अस्पतालका पूर्व निर्देशक डा.आरपी बीच्चाले कान्तिबाल अस्पताललाई अभिभावकत्व प्रदान गर्न स्वास्थ्य मन्त्री बस्नेतलाई आग्रह गर्नुभयो ।

डा. बच्चाले कान्ति बाल अस्पतालको जस्तै सेवा सुविधा युक्त अस्पताल सबै प्रदेशमा स्थापना गर्नुपर्नेमा माग गर्नुभयो । कान्ति बाल अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न जनशक्तिको वृद्धि गर्नुपर्ने उहाँले माग थियो । वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बस्नतेले स्वास्थ्य क्षेत्रमा ठुलै सङ्ख्यामा जनशक्ति वृद्धि हुने जानकारी दिनुभयो ।

एक जना चिकित्सक नर्सले पाँच जनाको बिरामी हेर्नुपर्ने बाध्यता भएको ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने भन्दै उहाँले अब छिटै जनशक्ति वृद्धि हुने जानकारी दिनुभएको हो । उहाँकाअनुसार चिकित्सक, नर्स र प्यारामेडिक्स गरेर नेपालको स्वास्थ्य क्षेत्रमा ९२ हजार स्वास्थ्यकर्मी आवश्यक पर्दछन् । हाल देशमा २८ हजार स्वास्थ्यकर्मी सेवारत छन् । उहाँले भन्नुभयो, “९२ हजार स्वास्थ्यकर्मी दिन सकेपनि त्यसको तीन भागको एक भाग स्वास्थ्यकर्मी दिन आग्रह गरेको छु । अब स्वास्थ्यले छिटै ठुलै सङ्ख्यामा जनशक्ति पाउँछ ।”

मन्त्री बस्नेतका अनुसार स्वास्थ्य मन्त्रालयले २०५४ साल देखि स्वास्थ्य दरबन्दी बढाएको छैन । ९२ आवश्यक पर्नेमा तथ्याङ्कमा ३१ हजार स्वास्थ्यकर्मी भएपनि यथार्थमा २८ हजार पनि नरहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter