• Wednesday, April 23, 2025

प्रदर्शनीस्थल निर्माणमा सरकारको ध्यान केन्द्रित भएको छ : अर्थमन्त्री महत

काठमाडौँ, माघ १८ गते। अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालमा प्रदर्शनीका लागि उपयुक्त स्थान नभएको गुनासो रहेकाले उपयुक्त प्रदर्शनीस्थल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो।

बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो।

प्रदर्शनीमा विभिन्न देशका पाँच सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टल रहनेछन्। मेलामा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ।

मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवानलगायत मध्यपूर्वबाट दुबईका कम्पनीले सहभागिता जनाएका छन्।

मन्त्री महतले उपभोगमा वृद्धि हुँदा मात्रै लगानी वृद्धि हुने भएकाले मेलाले उपभोग बढाउन मद्दत गर्ने दाबी गर्नुभयो। उहाँले मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादित वस्तु राखिएकाले नेपाली उत्पादन गुणस्तरीय भएको उपभोक्ताले अनुभव गर्न पाउने अवसर भएको उल्लेख गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter