• Wednesday, April 23, 2025

आन्तरिक रोजगार प्रवर्धन दशक मनाउन सरकारलाई अनुरोध

काठमाडौँ, माघ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

साथै बैठकले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने गरी आर्थिक क्रियाकलापको विस्तार गर्ने एवं आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यसहित सरकार, रोजगारदाता ट्रेड युनियन तथा सरोकारवाला सबैको सहभागितामा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि श्रम मन्त्रालयबाट आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, आमसञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ट्रेड युनियन, राजनीतिक दलसमेतको सहकार्यमा आन्तरिक रोजगार प्रवर्धन दशकका रूपमा मनाउने निर्णय गरेको जनाएको छ ।

सरकारका सचिव, परिषद्का सदस्य एवं विभिन्न निकायका प्रमुख, रोजगारदाताका प्रतिनिधि, ट्रेड युनियनका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको बैठकले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ट्रेड युनियन, राजनीतिक दलसमेतको सहकार्यमा आन्तरिक रोजगार प्रवर्धन दशकका रूपमा मनाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेल सम्मिलित बैठकले प्रतिष्ठानस्तरबाट नियमावली र विनियमावली संशोधन सम्बन्धमा अनुमति माग गरी प्राप्त विषयवस्तुमा परिषद्को ध्यानाकर्षण गराएको जानकारी दिनुुभयो ।

त्यस्तै केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा सरोकारवाला निकायका प्रतिनिधि एवं परिषद्का सदस्यबाट श्रम प्रशासनको सुदृढीकरण तथा श्रम कानुनमा गर्नुपर्ने समसामयिक सुधारका सम्बन्धमा प्राप्त भएका धारणा एवं पृष्ठपोषणउपर अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिने गरी सरकार, रोजगारदाता, ट्रेड युनियन र श्रम प्रशासन विज्ञको प्रतिनिधित्व हुने गरी एक कार्यदल गठन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter