• Wednesday, April 23, 2025

पाकिस्तानी दूतावास र महासंघबिच सहकार्यको सहमति

काठमाडौं, माघ १९ गते। नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल महिला उद्यमी महासंघ (एफडब्ल्युइएएन) सहकार्य गर्न सहमत भएका छन्।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी र नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिबिच भएको कुराकानीमा उक्त सहमति भएको पाकिस्तानी दूतावासले जनाएको छ।

अन्तरक्रियापछि राजदूत हासमीले आगामी अप्रिलमा नेपाल महिला उद्यमी महासंघको वार्षिक एक्स्पो लगायतका विभिन्न कार्यक्रम र विभिन्न मुद्दामा मिलेर काम गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।

नेपाल महिला उद्यमी महासंघसँग निकै उपयोगी अन्तरक्रिया भएको र उनीहरुको काम र वकालतले स्वदेश तथा विदेशमा महिला उद्यमीको सञ्जाल विस्तार भइरहेको आफूले पाएको राजदूत हास्मीले उल्लेख गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter