• Wednesday, April 23, 2025

जडिबुटी उत्पादन गरेर रोजगारी सिर्जना गरिने

जीवछ यादव / लहान, माघ २० गते। संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनक्षेत्रमा जडिबुटीको खेती गरेर किसानलाई सम्पन्न बनाउने र रोजगारी सिर्जना गर्ने कार्य अघि बढाएको बताउनुभएको छ।

सिरहा संघीय निर्वाचन क्षेत्र नम्बर–४ कल्याणपुर नगरपालिका वडा नम्बर–५ मा रहेको कमलामाई वन उपभोक्ता समिति निर्दनाले जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

धान गहुँ उत्पादन गरेर खाली रहेको जग्गामा जडिबुटी उत्पादन गरेर राम्रो आम्दानी गर्न सकिने भएकोले वन क्षेत्रमा खाली रहेको जग्गामा जडिबुटी उत्पादन गरिने कार्यलाई पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र कल्याणपुर नगरपालिकामा गर्न लागेको उहाँको भनाइ छ।

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद पटेलले संघीय वन तथा वातावरण मन्त्रालयले ल्याएको जडिबुटी उत्पादन कार्यक्रम मधेशमा किसानलाई सम्पन्न बनाउने र वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उपयुक्त माध्यम भएकाले यस कार्यक्रमलाई प्रदेश सरकारले समेत प्राथमिकतामा राखेर नर्सरी व्यवस्थापन र उत्पादनको लागि बिउँ र सिंचाईंमा सहयोग गरिने विश्वास दिलाउनुभयो।

कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साहले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर काठमाडांैका अध्यक्ष डा. सिन्धुप्रसाद ढुङ्गानाले उत्पादन सम्बन्धी राख्नु भएको धारणले यस क्षेत्रमा जडिबुटी उत्पादन गरेर स्थानीय किसानलाई सम्पन्न बनाउन र रोजगारी सिर्जना गर्न नगरपालिकाले समेत लगानी गर्न तयार रहेको प्रष्ट पार्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter