• Wednesday, April 23, 2025

४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर

काठमाडौं, फागुन ६ गते। क्षयरोगका बिरामी उपचारको दायरामा नआउँदा सरकारले तय गरेको लक्ष्य पुरा गर्न चुनौती थपिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा क्षयरोग उन्मुलन गर्ने लक्ष्य पुरा गर्न चुनौती थपिएको बताउनुभयो।

नेपालमा वार्षिक ६९ हजार क्षयरोगका बिरामी थपिने अनुमान गरिएको छ। गत आर्थिक वर्ष केन्द्रले ३७ हजार ४५० बिरामी पत्ता लगाएको थियो। अझै ४५ प्रतिशत बिरामी उपचारको दायरा बाहिर छन्।

सरकारले २०३५ सम्म क्षयरोगको महामारी रूपमा अन्य गर्न र सन् २०५० सम्म सम्म प्रति १० लाख जनसङ्ख्यामा एक वा सोभन्दा कम बिरामी बनाएर क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ। धूम्रपान कुपोषण, नसर्ने रोग जस्तै मधुमेह, एचआइभी, अध्याधिक मद्यपानको सेवन जबसम्म नियन्त्रण गर्न सकिँदैन तबसम्म क्षयरोग उन्मुलन गर्न चुनौती थपिने डा. श्रेष्ठको तर्क छ।

क्षयरोगका ५४ प्रतिशत बिरामीले वर्षमा वार्षिक आम्दानीको २० प्रतिशत भन्दा बढी रकम क्षयरोगको उपचारको लागि खर्च गर्ने गरेको अध्ययनले देखाएको। यसले पनि बिरामी उपचारको दायरामा आउन नसकेको डा. श्रेष्ठको भनाइ छ। सरकारले क्षयरोगको उपचार तथा निदान निःशुल्क रूपमा गर्दै आएको छ।

क्षयरोगका केन्द्रका पूर्वअध्यक्ष डा. सागर राजभण्डारीले जनचेततनाको अभावले बिरामी उपचारको दायरामा नआउनु क्षयरोगमुक्त नेपाल बनाउने अभियानका लागि ठुलो चुनौती भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ, “७० प्रतिशत बिरामीमा कुनै पनि लक्षण देखिर्दैन, उहाँहरूको छातीको एक्स-रे गरेपछि मात्र पत्ता लाग्छ। समाजमा लक्षण बस्ने बिरामीले क्षयरोग फैलाइरहेका छन्।”

सरकारले क्षयरोग मुक्त नेपालमा गराउन बिरामीको खोजी गरी उपचारको दायरामा ल्याउने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो। मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले क्षयरोगमुक्त नेपालको अभियान सबै स्थानीय तहमा तीव्र गतिमा लैजान आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “धेरै जस्ता क्षयरोगका बिरामी १५ देखि ४५ वर्षका रहेका छन्। सबै स्थानीय तहमा अभियान लगेर क्षयरोग स्थानीय तहबाट नै उन्मुलन गर्नुपर्छ।” यसको लक्ष्यपुरा गर्न सबैको सहकार्य आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter