श्रमिकको हित र सुरक्षाप्रति प्रतिबद्धता

काठमाडौँ, फागुन ९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकको हित र सुरक्षाका लागि सुरु गरिएको विश्वव्यापी सामाजिक न्यायको अभियान कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सामाजिक न्याय कायम गर्ने विश्वव्यापी अभियान दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आयोजनामा मङ्गलबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रममन्त्री भण्डारीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

श्रममन्त्री भण्डारीले आन्तरिक र वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक न्यायको विश्वव्यापी धारणा अनुसार नेपालको संविधानमा भएको व्यवस्था र त्यसपछि बनेका ऐन कानुनको कार्यान्वयनमा सबै सरोकारवाला पक्षको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “यस अभियानलाई सफल बनाउनका आमनागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सक्षम नहुँदासम्म सामाजिक न्यायको अभियान सफल नहुने भएकाले सबै सूचक सफल बनाउन सरोकारवाला सबैसँग सहकार्य हुनु पर्छ ।”

कार्यक्रममा श्रमसचिव केवलप्रसाद भण्डारीले सामाजिक न्याय कायम गर्न अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को विश्वव्यापी अभियानमा सहभागी हुन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो अभियानलाई सफल बनाउनका लागि तल्लो तहमा रहेका नागरिकको पक्षमा काम गर्नु पर्छ । नीतिगत रूपमा व्यवस्था भएको छ, त्यसको कार्यान्वयनमा मुख्य चुनौती हो, यसको प्रक्रियामा जान्छौँ ।”

कार्यक्रममा संयुक्त टे«ड युनियन समन्वय समिति (जेटयुसिसी) का अध्यक्ष योगेन्द्रकुमार कुँवरले यस अभियानमा हालसम्म नेपाल टे«ड युनियन कांग्रेस र नेपाल टे«ड युनियन महासङ्घ जिफन्ट) सहभागी भएको अन्य टे«ड युनियनलाई सहभागी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । सामाजिक न्याय कायम गर्ने विश्वव्यापी अभियान सफल बनाउनका लागि सरकार, टे«ड युनियन र रोजगारीको त्रिपक्षीय सहमतिमा मात्रै सफल रूपमा कार्यान्वयन गर्न सकिने उहाँको भनाइ छ ।

यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान रहेको निजी क्षेत्रले सामाजिक न्याय कायम गर्ने विश्वव्यापी अभियानलाई साथ दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकार, रोजगारदाता र टे«ड युनियनको त्रिपक्षीय सहयोगमा सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तरिक रोजगारीका औपचारिक र अनौपचारिक सबै क्षेत्र र बाह्य रोजगारीको क्षेत्र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आबद्ध गर्न सकेमा यस अभियानले लिएको अधिकांश उद्देश्य पूरा हुने बताउनुभयो ।

कार्यक्रममा आइएलओका राष्ट्रिय निर्देशक नुमेन ओजकेनले यसको अभियानको उद्देश्यबारे जानकारी दिनुभयो । यस अभियान अन्तर्गत आमश्रमिकको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार सुनिश्चित गरिएको छ । यसमा अन्तर्राष्ट्रिय सिद्धान्तदेखि राष्ट्रको संविधानसम्मले कुनै पनि आधारमा भेदभाव गर्न निषेध गरेको छ । यसको तात्पर्य सार्वजनिक क्षेत्र वा निजी क्षेत्रका श्रमिकबिच भेदभाव गर्न नपाउनु हो । सबै श्रमिकहरू कुनै पनि भेदभावबिना, पेसाको सम्बन्धमा भेदभाव नगरी, उनीहरूलाई आफैँ छनोटको संस्था स्थापना गर्ने र त्यसमा सामेल हुने अधिकार हुनु पर्छ भन्ने पनि यस अभियानको उद्देश्य रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter