• Sunday, April 13, 2025

त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण

काठमाडौँ , फागुन ११ गते । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका थिए ।

पदभार ग्रहण कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार डीन लगायतका पदाधिकारी तथा शिक्षक कर्मचारी सहभागी थिए ।

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले बिहीबार उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिसका आधारमा बराल नियुक्त भएका हुन् ।

समितिले बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । सिफारिसमा दोस्रो नम्बरमा रहेका बराल उपकुलपति बनेका हुन् ।

पोखरा विश्वविद्यालय पूर्व उपकुलपति समेत रहेका बरालले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने समेत बताएका छन् । पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिक क्यालेन्डर कार्यान्वयन, समयमै परीक्षा तथा नतिजा प्रकाशन लगायतका विषय आफ्नो प्राथमिकतामा रहने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter