• Sunday, May 18, 2025

अपाङ्गता भएकालाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ : मन्त्री आचार्य

काठमाडौँ, फागुन १७ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले रोजगारीको ठुलो समस्याबिच अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिने कार्य सह्रानीय रहेको बताउनुभएको छ ।

अपाङ्गता मानव अधिकार केन्द्र (डिएचसिआर) द्वारा बिहीबार राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्ने सङ्घ संस्थालाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सो अवसरमा मन्त्री आचार्यले काठमाडौँ मोडेल अस्पताल, प्रभु म्यानेमेन्ट, क्लाउड फ्याक्ट्री नेपाल, सुविसु केवलनेट, कोचिना मिठो छ,टी ट्वान्टी वन,हार्दिक होटल र विआइए इन्सीच्युटलाई सम्मान गर्नुभयो ।

मन्त्री आचार्यले हरेक अपाङ्गता भएका व्यक्तिमा सिक्न सक्ने र इमानदारीपूर्वक काम गर्न सक्ने क्षमता भएपनि रोजगारीसँग जोडिन पाउने कम अवसर प्राप्त वर्तमान परिप्रेक्ष्यमा उक्त संस्थाका व्यवस्थापक, सञ्चालकलगायतले उहाँहरूलाई रोजगारीको अवसर दिएर आत्मनिर्भर र परिवारलाई आर्थिक रूपमा टेवा दिने मौका दिएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गताको क्षेत्रमा हक अधिकारका क्षेत्रमा जागरणमूलक कार्यक्रम लामो समयदेखि सञ्चालन गरिए पनि यस क्षेत्रका लागि तर्जुमा गरिएका कानुन, नीतिको पूर्ण कार्यान्वयनको अभावमा अधिकारको अनुभूति हुन नसकेको बताउनुभयो ।

केन्द्रका अध्यक्ष तारावदन सेढाइले यस केन्द्रले अपाङ्गता भएका व्यक्तिको मानवअधिकार सम्बन्धी जागरणको साथै रोजगारीसहित समाजमा आत्मसम्मानका साथ बाँच्न पाउने वातावरणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक जगदीश अधिकारीले अपाङ्गता भएका व्यक्तिका लागि न्याय, रोजगारीमा पहुँचका लागि केन्द्रले लामो समयदेखि काम गरिरहेकोमा सफलताको कथा पनि भेटिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter