सुरु भयो होली, बसन्तपुरमा चिरोत्थान; मिथिलामा होली उत्सव सुरु

काठमाडौं, चैत ४ गते । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको थियो ।

फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएको थियो ।

नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।

मिथिलामा होली उत्सव सुरु

मिथिलामा आइतबारबाट होली पर्व सुरु भएको छ। मिथिलाका महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिक परिक्रमाका सहभागी महोत्तरीको कञ्चनवनमा आएर स्थान गरी रङ अबिर खेलेपछि मिथिलामा विधिवत रुपमा होली पर्व सुरु भएको हो।

त्रेतायुगमा भगवान रामसीताले कञ्चनवन पुगेर रङ अबिर खेलेको जनविश्वासमा छ। सोही आस्थाअनुसार माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिन कञ्चनवन आइपुगेका यात्रीले भगवान रामचन्द्र र माता सीताको डोलालाई एकआपसमा रङ अबिर लगाएर होली मनाएका छन्। योसँगै परिक्रमामा सहभागी हजारौं साधुसन्त तथा सम्पूर्ण यात्रीसमेतले रङ अबिर साटासाट गर्दै हर्षोल्लाषका साथ होली पर्वको सुरुवात गर्नुभयो। यहाँ आइपुगेका परिक्रमाका यात्रीले होली खेलेपछि मिथिलाञ्चलमा होली पर्व प्रारम्भ भएको मानिन्छ।

गत आइतबार धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट मिथिला माध्यमिकी परिक्रमा सुरु भएको थियो।

परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मठिहानी, जलेश्वर, मडई, कुवकुण्ड हुँदै आइतबार कन्चनवन आइपुगेको छ। क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्केर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुनेछ।

कञ्चनवनमा परिक्रमाका यात्रीलाई स्वागत तथा होलीलाई उल्लासमय बनाउन महोत्तरीको भङ्गहा नगरपालिकाले आवास, भोजन तथा होली महोत्सवको आयोजना गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter