मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

ललितपुर, चैत १४ गते । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन २०८१ जेठ १ सम्म खुला रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

मिस नेपाल २०२४ को अन्तिम नतिजा २०८१ साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । यस वर्ष २०२४ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकसहित इच्छुक युवतीले आवेदन दिन सक्ने छन् । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता हुनेछन् जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।

यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरु खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न शहरमा हुनेछ ।

मिस नेपाल विजेताहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् । पत्रकार सम्मेलनमा मिस नेपाल इन्टरनेशनल प्रसिद्धि शाह, मिस नेपाल अर्थ रैना मजगैया र मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशी उपस्थित हुनुहुन्थ्यो ।

मिस वर्ल्ड पेतियोगितामा मिस प्रियंका रानी जोशीले उत्कृष्ट ४० मा स्थान हासिल गर्दै एशिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्यूटी विथ पर्पस प्रोजेक्ट जित्न सफल हुनु भएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter