• Saturday, April 12, 2025

कांग्रेससँग छलफल गरेर संसद् अवरुद्ध नहुने ढङ्गले अगाडि बढ्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, वैशाख २२ गते। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको छ।

सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो।

वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशन अघि नै कांग्रेस लगायतका प्रतिपक्ष दलसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसद्लाई सुचारु गराउने प्रधानमन्त्री दाहालको भनाइ थियो। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो सम्बन्धी समस्या समाधानका लागि सत्तारुढ दलबिच भइरहेको पनि बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनु पनि पार्टीका सांसदलाई निर्देशन दिनुभएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो।

समाजमापछि परेको दलित उत्पीडितलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदलाई सुझाव दिनुपर्ने प्रधानमन्त्री प्रचण्डले बैठकमा बताउनुभएको थियो। उहाँले विकास बजेटका लागि अत्यधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढङ्गले वितरण गर्नेगरी सुझाव दिन पनि पार्टीका सांसदलाई सचेत गराउनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो।

बैठकमा सांसदले राजश्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरेर राष्ट्रिय आय वृद्धि हुनेगरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter