• Saturday, April 12, 2025

जसपा अस्थिरताको कारक बन्दैन : अध्यक्ष राई

काठमाडौं, वैशाख २७ गते। जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताउनुभएको छ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारको अङ्कगणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानुनी ढङ्गले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताउनुभयो। उहाँले संवैधानिक अङ्गले वकिलहरूको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताउनुभयो। उहाँले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताउनुभयो। विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मतभिन्नता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अङ्कगणित त मिलेकै थियो, यहाँहरूलाई थाहा छँदैछ। अलिकति अङ्कगणितलाई फेरफार गर्ने गतिविधि पनि अण्डरकरेन्ट चलिरहेको छ भन्नेकुरा मिडियामा आयो। त्यो चिज अलिकति संवेदनशील थियो। त्यसको सत्यता सञ्चार क्षेत्रलाई नै बढी थाहा हुनसक्छ। हामी सतर्क हुनुपर्ने पक्ष के थियो भने अस्थिरताको शिकार जसरी मुलुक बनेको छ, त्यो अवस्था रहनुहुँदैन, हामी त्यसैकारण सङ्घीय समाजवादी पार्टी बनिसकेपछि हामी अस्थिरताको कारक हुँदैनौँ भनेर हामीले घोषणा गरेका छौँ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभयो। महाधिवेशन नै कब्जा गरेर अनियमित ढङ्गले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter