क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ; सन्दीपको निलम्बन फुकुवा

काठमाडौँ, जेठ २ गते । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको थियो ।

सन्दीप सोही आदेशविरुद्ध उच्च अदालत जानुभएको थियो । जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्याएको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । यससँगै सन्दीपले आइसिसी टी–२० विश्वकप खेल्ने ढोका खुलेको छ ।

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिनुभएको हो ।

उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो ।

अध्यक्ष चन्दले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा गरिएको निलम्बन फुकुवा भएको उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter