टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

गोरखा / जेठ ५ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाभित्रका सबै वडामा गएर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि बैंकसँग समन्वय गरी प्रत्येक वडाका टोलमा केन्द्र बनाएर बैंकका कर्मचारी, पालिका तथा वडाका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीलाई सजिलो भएको छ ।” गाउँपालिकाले तेस्रो त्रैमासिकअन्तर्गतको भत्ता यही जेठ १ गतेदेखि वितरण सुरु गरेको हो ।

पालिकाले घर नजिकै ल्याएर भत्ता वितरण सुरु गरेपछि बैंकसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको वडा नम्बर ७ का ज्येष्ठ नागरिक लक्ष्मण श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले टोलटोलबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि भत्ता बुझ्न गाडी रिजर्भ गरेर पालिकाको केन्द्र तथा सदरमुकामस्थित बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । भीमसेन थापा गाउँपालिका-१, २, ३, ५, ७ र ८ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । वडा नम्बर ४ र ६ मा साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter