विपद् जोखिममा जनताको उद्धारका लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री

काठमाडौँ, जेठ १४ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ गतेसम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारका लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ ।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमसम्बन्धी सरोकारवालहरुसँगको छलफलमा बोल्नुहुँदै उपप्रधानमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।

उहाँले वर्षायाम सुरु भएसँगै मनसुन जन्य विपदमा जनताको उद्धार राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनका लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजनासहितको कार्यविधि बनाउन निर्देशन दिनुभयो ।

उहाँले मनसुन सुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिनुभयो ।

उहाँले अप्ठ्यारो परेको अवस्थामा कानुनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिनुभयो । उहाँले विपदमा उद्धार र राहतका लागि अप्ठ्यारा अवस्थाहरुलाई मन्त्रिपरिषद्ले गर्नुपर्ने कुनै काम र कानुन भए तत्काल दिन आग्रह गर्नुभयो ।

उहाँले विपद्मा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि नै तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा तत्कालका लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले बेलीब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न पनि निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले एडिआरआरईलाई विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउन निर्देशन दिनुभयो । उहाँले अति जोखिम क्षेत्रका नागरिक बचाउन अहिलेदेखि नै तयार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बाढीपहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिनुभयो ।

उहाँले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभूति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले उक्त लक्ष्य पूरा गर्नका लागि सम्बन्धी निकायहरुले त्यही अनुसार अहिलेदेखि तयार थाल्न जरुरी रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter