केयरगिभरका लागि तीन हजार ४६१ जनाको आवेदन सदर

File Photo

काठमाडौँ, साउन २१ गते । वैदेशिक रोजगार विभागले इजरायलमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूमध्ये तीन हजार ४६१ जनाको आवेदन सदर भएको छ । केयरगिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको हो । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला रहेका छन् ।

आवेदन दिएकाहरूमध्ये ३२१ जनाको आवेदन रद्द गरिएको विभागले जनाएको छ । त्यस्तै २४२ जनाको आवेदन कागजात नपुगी फिर्ता पठाइएको छ ।

विभागले ती आवेदनहरू सदर गरेसँगै इजरायलको सरकारी निकाय पीबालाई नेमचेकका लागि पठाएको छ । पीबाले नेमचेकको नतिजा पठाउनेछ र उसले पठाएको नेमचेकमा पर्ने उम्मेदवारहरूलाई मात्रै इजरायल सरकारको लट्री प्रोग्राममा समावेश गराउने विभागले जनाएको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार सहायक कामदार (केयरगिभर) माग गरेको थियो । त्यसका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए ।

जसमा एक हजार मुख्य उम्मेदवार तथा एक हजार वैकल्पिक उम्मेदवार हुनेछन् । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने इजरायलको नीति छ ।

इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरूले अनधिकृत रूपमा रकम असुल गर्ने गरेको जानकारी आएको भन्दै विभागले सचेत गराएको छ । त्यस्ता भ्रममा नपर्न र कसैले त्यसरी पैसा लिइरहेको सूचना पाएको खण्डमा विभागमा खबर गर्न समेत अनुरोध गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter