नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु; सरकारले बनायो तीन सदस्यीय छानबिन समिति

नुवाकोट, साउन २३ गते । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको (९ एन एजेडी) दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको (९ एन–एएनएल) हेलिकप्टर दुर्घटनास्थलमा पुगेको छ ।

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने

नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मृतहरूको शव सङ्कलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ ल्याउने तयारी गरिएको पनि नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ ।

हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति

नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल हुनुहुन्छ। आयोगलाई ३० दिनको समय दिएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित पाँच जनाको मृत्यु भएको थियो । अन्य चार जना चिनियाँ नागरिक थिए । हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter