नाटकबाट सङ्कलित रकम वृद्धाश्रमलाई

अर्जुन काफ्ले / स्याङ्जा, साउन २४ गते । वालिङ नगरपालिका–८ को साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शनीबाट सङ्कलन भएको रकम वृद्धाश्रमलाई सहयोग गरेको छ ।

विद्यालयले गल्याङ नगरपालिका–१ को राम्दी वृद्धाआश्रमलाई २१ हजार पाँचसय रुपियाँ नगद र १३ हजार ९३५ रुपियाँ बराबरको खाद्यान्न (जिन्सी) सहयोग गरेको हो ।

ज्येष्ठ नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले साउन ४ गते वालिङ मोडमा समसामयिक विषयमा नाटक प्रदर्शन गरिएको थियो । नाटक प्रदर्शनबाट ४९ हजार पाँचसय सङ्कलन भएकोमा १४ हजार ६५ रुपियाँ खर्च भएको र बाँकी नगद र जिन्सी किनेर वृद्धाश्रम कार्यालय प्रमुख सुनिल श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

आगामी दिनमा पनि यस्तै कार्यक्रम विभिन्न स्थानमा सञ्चालन गरी यसै गरी संस्थागत सहयोग गर्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो । राम्दीस्थित आश्रममा आठ पुरुष र १५ महिला गरी २३ जना वृद्धवृद्धाले आश्रय लिएर बस्दै आउनुभएको छ ।

आश्रममा विभिन्न व्यक्तिले विवाह, जन्मोत्सव लगायतका शुभ कार्य साथै दिवङ्गत पितृहरूको सम्झना तथा पुण्य तिथिमा पनि सहयोग गर्दै आउनुभएको छ । आश्रमले एक दिन एक दाता अभियान अन्तर्गत हरेक दिन फरक दाताबाट प्राप्त सहयोगले दैनिक भोजनको व्यवस्था गर्दैआएको आश्रमले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter