• Saturday, May 03, 2025

परीक्षणका लागि चिया खेती

तिलाचन पाण्डे / तम्घास, साउन २४ गते । गुल्मीमा चिया खेतीको परीक्षणका लागि १० हजारभन्दा बढी बिरुवा लगाइने भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–७, भुर्तुङको धुँवाखोलामा १० हजारभन्दा बढी बिरुवा लगाउनका लागि खाडल खनेर तयार गरिएको छ । इलामबाट १० हजारभन्दा बढी बिरुवा परीक्षणका ल्याइने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।अहिले परीक्षणका लागि बिरुवा साउन महिनाको अन्त्यमा ल्याइने र परीक्षण सफल भएमा यसलाई व्यावसायिक रूपमा नै अगाडि बढाउने गरी तयारी गरेको भण्डारीले बताउनुभयो ।

प्रविधि परीक्षण कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको लागतमा बिरुवा खरिद गरी ल्याइने बताउनुभयो । बिरुवा कार्यालयले उपलब्ध गराउने र खाडल खन्नेलगायतका कार्य कृषकले गर्ने भण्डारीले बताउनुभयो । चिया खेतीका लागि ओसिलो क्षेत्र चाहिने र हावामा पनि पानीको मात्रा हुने क्षेत्र उत्तम हुने ज्ञान केन्द्र गुल्मीले जनाएको छ । विशेष गरी समुद्री सतहदेखि आठ सय मिटरभन्दा माथि एक हजार आठ सय मिटरसम्म चिया खेती गर्न सकिने कार्यालयले जनाएको छ ।

भुर्तुङको धुँवाखोलामा तमु उद्यमशील महिला समूहले बाँझिएको जग्गालाई सदुपयोग गर्नका लागि चिया खेतीको अवधारण लिएको जनाएको छ । सो समूहको एक उपसमिति बनाएर चिया तथा अन्य बिरुवाको रोपण र अध्ययनका लागि योजना बनाएको परिकल्पनाकार आशिष गुरुङले बताउनुभयो । समूहमा ३६ घरपरिवार आबद्ध रहेका छन् । बाँझिएको १७ रोपनी जग्गामा अहिले चिया खेतीको सुरुवात गर्ने र अर्को वर्ष करिब २० रोपनी जग्गामा खेती गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter