बरिष्ठ लेखक वैद्यको ‘भद्रगोल’ विमोचन

काठमाडौँ,भदौ ८ गते । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण (चैतन्यले ) बरिष्ठ लेखक झपेन्द्रराज वैद्यको कृति भद्रगोलको शनिवार विमोचन गर्नु भएको छ ।

बरिष्ठ लेखक एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यको बनस्थलिस्थित निवासमा शनिवार आयोजित एक कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष किरण र लेखक वैद्यले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । सोहि कार्यक्रममा बोल्दै किरणले वैद्यको सक्रिय लेखनकलाको प्रसंसा गर्नुभयो । सोहि कार्यक्रममा सञ्चारकर्मी प्रतिवेदन वैद्य,श्रीराम पुडासैनी लगायतका वक्ताहरु नेपाली साहित्यको क्षेत्रमा वैद्यका कृतिहरुले थप योगदान दिएको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

बरिष्ठ लेखक वैद्यको शनिवार विमोचन गरिएको भद्रगोल (मुक्तक संग्रह) सातौं कृति हो । यस अघि मेरो पुरानो घर (खण्डकाव्य) पाँच हजारको सारी (कथा संग्रह),गीति काव्य तथा कविता सँग्रह (गीति काव्य),चम्पा (महाकाव्य), उनी फर्केर आइन (उपन्यास) प्रकाशित भइसकेका छन् ।

लिस्ने त्रैमासिकका सम्पादक, सुमन मासिकका कार्यकारी सम्पादक रहिसक्नु भएका वैद्य प्रेस स्वतन्त्रता सेनानी हुनुहुन्छ । प्यूठान, टारिमा जन्मनु भएका ८० वर्षिय वैद्यको निवास काठमाडौं वनस्थलिमा छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter