• Wednesday, April 23, 2025

तावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छ

काठमाडौँ, भदौ ९ गते। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उहाँले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताउनुभयो। त्यस्तै उहाँले विकास निर्माणको काममा ढिलाइ हुने अव्यवहारिक कानुनी व्यवस्था हटाउनुपर्नेमा जोड दिनुभयो।

‘जलवायु परिवर्तनको कारण वातावरणमा ठुलो प्रभाव पारेको छ, यसलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘देशको विकास निर्माणका क्रममा वातावरण मूल्याङ्कनले ढिलासुस्ती भयो भने हामीले धेरै मूल्य चुकाउनुपर्ने हुन्छ।विकास निर्माणमा भइरहेको ढिलाइ कसरी समाधान गर्ने त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले वातावरणीय अध्ययन मूल्याङ्कन हुने ढिलासुस्तीले आयोजना महँगो हुँदै गएको भन्दै जनशक्ति थप गरेर भए पनि काम समयमै सक्नुपर्ने बताउनुभयो।‘समस्यामात्र देखाउनुभन्दा समाधान दिनतर्फ सबै विकाससँग सम्बन्धित मन्त्रालय लाग्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले लक्ष्य प्राप्तिका लागि हुने वन र जग्गाप्राप्तको समस्यालाई सम्बोधनमा लाग्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वन ऐन र राष्ट्रिय निकुञ्ज ऐनको कतिपय प्रावधानलाई सच्याएर अगाडि बढाउनुपर्ने बताउनुभयो।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले विकाससँग जोडिएका मन्त्रालयका समस्या समाधानमा वन तथा वातावरण मन्त्रालय सकारात्मक रहेको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वन जोगाउनुपर्ने अवस्था सिर्जना भएपनि विकासको काम पनि सँगै अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुलुकको निर्माणका लागि वाधक बनेका ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter