संविधान संशोधन हुनसक्ने अवस्था छ : सभापति देउवा

काठमाडौँ, भदौ १४ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गर्नु हुँदै कांग्रेसका सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले कतिपय कुराहरू संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पार्नुभयो ।

सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्नुहुँदै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताउनुभयो । उहाँले निर्वाचनबाट जितेर आउन नसक्नेहरू पनि रहेकाले उनीहरूको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताउनुभयो ।

संविधानका आधारभूत कुराहरू संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताउनुभयो । संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको बताउनुभयो । अरू देशको तुलनामा अझ बढी प्रगतिशील लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने बताउनुभयो ।

‘‘समावेशीसहितको प्रजातन्त्र राखिएको छ । यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो । त्यसकारण फण्डामेण्टल कुराहरूमा परिवर्तन हुन सक्दैनन् । त्यहाँ लेखिएको पनि छ । अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरू अटाउने संविधान छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ । महत्त्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो । मानव जातिले निर्बाध रूपमा आफ्नो अधिकार प्राप्त गर्न पाउनुपर्छ । डर, त्रास मुक्त देशको रूपमा स्थापित गराउनुपर्छ । अरू देशको तुलनामा अझ बढी भाइब्रेट डेमोक्रेसी सोसाइटी स्थापित गर्नुपर्छ ।’’

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाइ जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने बताउनुभयो । नेपाललाई गरिबी मुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने बताउनुभयो ।

सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटनाको पनि स्मरण गर्नुभयो ।

पस्तकका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो पुस्तकले द्वन्द्वकालमा भएका घटनाको दस्तावेजीकरण गरिएको र आगामी दिनको पत्रकारिताका लागि प्रेरणा र अनुसन्धानकर्ताहरुका लागि स्रोत सामग्री बन्ने बताउनु भयो ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ पत्रकार कुन्द दीक्षित, वरिष्ठ पत्रकार बविता बस्नेतले पुस्तकका बारेमा चर्चा गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter