विभिन्न देशमा काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग

काठमाडौँ, भदौ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशस्थित नेपाली दूतावासमा रिक्त काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरेको छ ।

दक्षिण कोरिया, कता, मलेसिया, यूएई, ओमानस्थित नेपाली दूतावास तथा महावाणिज्य दूतावासमा काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरिएको हो ।

काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिएको योग्यता पुगेका कर्मचारीलाई आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा व्यक्तिगत विवरण उल्लेखगरी मन्त्रालयमा आवेदन दिन भनेको हो ।

नेपाली दूतावास सियोल दक्षिण कोरिया, नेपाली दूतावास दोहो कतार, नेपाली दूतावास क्वालालम्पुर मलेसियाका लागि ११ जना काउन्सेलर (श्रम) का लागि आवेदन माग गरिएको छ ।

त्यस्तै नेपाली दूतावास अबुधावी संयुक्त अरब इमिरेट्स, नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरेबिया, नेपाली दूतावास मलेसिया र नेपाली दूतावास मस्कट ओमानका लागि श्रम सहचारीको लागि आवेदन माग गरिएको हो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter