दूरसञ्चारले प्रतिबन्ध हटाएसँगै टिकटक सबै इन्टरनेटमा खुल्यो

काठमाडौँ, भदौ २१ गते। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको जानकारी गराएको हो।

२०८१ भदौ ६ गते सरकारले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार अधिकार प्रयोग गरेर सूचना प्रकाशित गरिएको उल्लेख छ।

मन्त्रिपरिषदले भदौ ६ गते सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको थियो ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा छ गते सञ्चार मन्त्रालयले टिकटक खुला गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter