लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान

जयमान बुढामगर / रुकुमपूर्व, भदौ २३ गते। लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान हुनुभएको छ। रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान हुनुभएको हो।

वि.सं. २०४८ साल असार ९ गतेका साबिक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उक्त मुद्दामा दोषी ठहर भएपछि केसी फरार हुनुभएको थियो।

आइतबार सांसद केसी आफै रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो। उपस्थित पश्चात् अदालतले कैद भुक्तानीको लागि रुकुम पश्चिमको कारागार चलान गरेको डिएसपी खरेलले बताउनुभयो।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा दोषी ठहर रहेको रुकुमपूर्व जिल्ला अदालतका स्रेस्तादार तथा सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter