• Wednesday, April 23, 2025

जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा आदर्श राजनीतिमा ह्रास आयो : राष्ट्रपति पौडेल

काठमाडौँ, भदौ २४ गते। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताउनुभएको छ।

बिपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ। सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन। तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ।”

उहाँले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको भन्दै तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताउनुभयो।

उहाँले सिद्धान्तमा सम्झौता गरेको भए बिपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै बिपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गर्नुभयो।

उहाँले भन्नुभयो, ‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बिपीका विशेषता हुन् जुन हाम्रा लागि सधैँ प्रेरणाका रूपमा रहिरहनेछ। ’

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बिपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आदर्श राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरण र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको सिद्धान्तको माध्यमबाटै १५ वर्षभित्रै सबै नेपाली परिवारलाई मध्यम वर्गीय हैसियतको बनाउन सकिने बिपीको व्यवहारिक र स्पष्ट ठोस दृष्टिकोण थियो। बिपीको त्यो दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने मलाई लाग्दछ। ’

उहाँले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रूपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बिपीको दृढ मान्यता रहेको स्मरण गर्दै भन्नुभयो, ‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई विभिन्न कालखण्डको आवश्यकताअनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ। ’

कार्यक्रममा बिपी ट्रस्टद्वारा हरेक वर्ष जस्तै यो वर्ष साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्नुभएका साहित्यकार द्वारिका श्रेष्ठलाई एक लाख एक हजार राशिको र बिपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई ५१ हजार राशिको पुरस्कार अर्पण गरिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter