• Wednesday, April 23, 2025

दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने विषयमा सुझाव माग

काठमाडौँ, भदौ २५ गते। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा दिइने दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने विषयमा सुझाव माग गरेको छ । स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार पारेको मन्त्रालयले त्यसका लागि आवश्यक सुझाव माग गरेको हो ।

दिवा खाजाका लागि कस्तो नीति आवश्यक छ ?, दिवा खाजासँग जोडेर स्थानीय खाद्यवस्तुको उत्पादन बढाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तरिका के-के हुन सक्छन् ? विद्यालयको दिवा खाजाको पोषणमा खाद्य सुरक्षा र स्वच्छता कसरी सुरक्षित गर्न सकिन्छ ? लगायतका विषयमा सुझाव माग गरेको हो ।

उक्त विषय क्षेत्रका अतिरिक्त प्रारूपमा उल्लेख भएका अन्य विषयमा समेत सुझाव दिन सकिने मन्त्रालयको प्रारम्भिक बाल विकास तथा विद्यालय पोषण शाखाकी शाखा अधिकृत सुशीला अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter