पुर्खौली फल सरिफा बेचेर आम्दानी गर्दै आठपहरीया

कबिराज घिमिरे / हिले, भदौ २५ गते । जङ्गलमा पाइने सरिफा फललाई ब्यवसायीक खेती गरी बिक्रि गरेर धनकुटाका किसानले आम्दानी लिन थालेका छन् ।

मल, विषादि प्रयोग गर्न नपर्ने सरिफा बारीमा आफैं पनि उम्रिने गरेको छ । यसको खेती गर्दा धेरै मिहिनेत नगरी नै फल्ने गरेको छ । कुनैबेला जङ्गलमा फलेका सरिफा टिपेर खाने गरेका स्थानियले अहिले भने यसलाई ब्यबसायीक बनाउन थालेका हुन् ।

धनकुटा नगरपालिकाको दक्षिण तर्फ वडा नम्बर आठका याक्ते, सान्ताङ, तेत्रेदाङ लगायतका गाँउ पर्छन् । तमोर नदि भन्दा सिधै माथि रहेका यि गाँउमा सुख्खा तथा गिटि युक्त माटो छ । यहाँ अरु फलफुलभन्दा सरिफा फल बढि र राम्रो उत्पादन हुन्छ । सरीफालाई स्थानियले पुर्यौली फल भनेर चिन्ने गरेका छन् । पछिल्लो समय स्थानियले यहि पुख्र्यौली फलको बिक्रि गरी आम्दानी गर्न थालेका छन् ।

स्थानिय देशमाया आठपहरीया अहिले पुख्र्यौली बिक्रि हुन थालेको बताउनु हुन्छ । उमेरले करीब ७० दशक कटाउनु भएकी आठपहरीया आफ्नो पालामा बिक्रि बितरण नहुने गरेको भएपनि अहिले भने छारी बुहारीले बजार लगेर बिक्रि गर्ने गरेको बताउनुहुन्छ । “पुख्र्यौली फल खेतबारी र जंगलमा धेरै हुन्थ्यो खाएको खाइन्थ्यो अरु त्यत्तिकै खेर जान्थ्यो बिक्रि बितरणको कुरै हुदैनथ्यो, तर अहिले बिक्रि हुन्छ अलिअलि आम्दानी हुन्छ” आठपहरीया भन्नुहुन्छ ।

करिब एक दशक अघि सम्म यहाँका स्थानीयलाई पुख्र्यौली फल बिक्रि हुन्छ भन्ने जानकारी थिएन । नजिकैको जङ्गल तथा बारीमा फलेका सरीफा सकेको खान्थे नसकेको त्यतिकै खेर जान्थ्यो । तर अहिले बिक्रि हुन थालेको छ ।

त्यसो त स्थानियले अहिले यसको ब्यबसायीक खेती गर्न थालेका छन् । जङ्गलमा पाइने सरिफाको माग हुन थालेपछि स्थानीय कृषकले बारीमा बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गरेका वडा नम्बर आठका वडाध्यक्ष रसबहादुर राई बताउनुहुन्छ ।

मल, विषादि प्रयोग गर्न नपर्ने सरिफा बारीमा आफैं पनि उम्रिने गरेको छ । धेरै मिहिनेत नगरी नै फल्ने गरेको छ । अरु फलफल भन्दा यो क्षेत्रमा सरीफा राम्रो हुने गरेको स्थानीयको भनाई छ । अर्गानिक फल सरिफा खासगरी बेंसी क्षेत्रका जङ्गलमा भदौदेखि दुई महिनासम्म फल्न गरेको छ ।

सरिफा फलको व्यावसायिक खेती हुन थालेको भएपनि सरकारी निकायबाट भने प्रवर्दनको कार्यक्रम सञ्चालन हुन सकेको छैन । जसले गर्दा किसानले विना अध्ययन आफ्नो तरिकाले खेती गरिरहेका छन् । तर यो क्षेत्रमा सरिफा फलको राम्रो सम्भाबना भएकको भन्दै कृषि ज्ञान केन्द्र धनकुटाले यसको अध्ययन सुरु गरेको छ । आगामी साल प्रदेश र संघ सरकारलाई प्रस्तावना पेश गरेर प्रवद्र्धनको कार्यक्रम ल्याउने केन्द्रका प्रमुख नगेन्द्र रानाले बताउनुभयो ।

जिल्लामा कति क्षेत्रफलमा खेती र कति उपादन हुन्छ भन्ने आधिकारीक तथ्याङ्क भने कहि कतै पाइदैन । तर तमोर तथा अरुण नदि बेसीनमा यो फल देख्न पाईन्छ । यसैलाई अधारमानी कृषि ज्ञान केन्द्र धनकुटाले यसको अध्ययन सुरु गरेको हो ।

बजारमा ६० देखि ८० रुपियाँसम्म पर्ने सरिफा कृषकको बारीबाट केजीको ४० रुपियाँमा बिक्री हुँदै आएको छ । धनकुटा बजार मात्रै नभएर धरान, इटहरी, विराटनगरसहित काठमाडौँसम्म पुग्ने गरेको ब्यापारीहरु बताउछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter