उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल

काठमाडौँ, भदौ २६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् ।

उद्योग मन्त्रालयमा बुधबार मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका विषयमा छलफल गरेको उहाँका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । सो क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् ।

चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भन्नुभयो, “नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलता छैन, नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु, लगानी सुरक्षित बनाउने जिम्मा नेपाल सरकारको हो ।”

यस्तै, मन्त्री भण्डारीले चीन सरकारको लगानीमा काभ्रेको पाँचखालमा उद्योग सञ्चालनको तयारी भइरहेको जानकारी गराउँदै लगानीकर्तालाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै नेपालमा व्यवसाय सञ्चालन गरेमा आइपर्ने जुनसुकै समस्या समाधान गर्न सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा हेहेहुयी आर्थिक तथा सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष यीन लिउबिङले चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

यस्तै मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्या नरहेकाले यहाँको उद्योग क्षेत्रमा ढुक्क साथ लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा कम्पनी दर्ता निःशुल्क रूपमा अनलाइनबाटै प्रक्रिया सुरू भइरहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter