• Wednesday, April 23, 2025

‘डिजिटल इकोनोमी’को अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ

काठमाडौँ, भदौ ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुहुँदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्यसम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमानदारीसाथ पूरा गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ । त्यस्तै, सञ्चारसचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवम् मन्त्रालय मातहतका निकायका प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतापछि मन्त्रालय र मातहतका कर्मचारीलाई निर्देशन दिनुहुँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “निर्धारण भएका लक्ष्य तोकिएको लागत र समयभित्र सक्नका लागि सामुहिक रुपमा अघि बढ्नुपर्छ । एक जनाको प्रयास मात्रै पर्याप्त हुँदैन । सामुहिक प्रयासबाट हामी उत्कृष्ट कार्यसम्पादन गर्न सक्षम हुनेछौं ।”

सरकारले पहिलो सय दिन, दोस्रो सय दिन र त्यसपछिको एक सय ६५ दिनको समीक्षा गर्नेगरी कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले अरु मन्त्रालयभन्दा सञ्चार मन्त्रालयको कार्यसम्पादन उत्कृष्ट साबित हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा उहाँले नेपालको आफ्नै स्याटलाइट आवश्यक रहेको बताउनुहुँदै यसले मुलुकको विकास मापन गर्ने मापदण्डको रुपमा काम गर्ने उल्लेख गर्नुभयो । ‘डिजिटल नेपाल फ्रेमवर्क’को प्रभावकारी कार्यान्वयनका लागि पनि सञ्चारमन्त्री गुरुङले निर्देशन दिनुभयो ।

त्यस्तै, सुरक्षित मुद्रण (सेक्युरिटी प्रिन्टिङ)सम्बन्धी योजनलाई चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा लैजाने गरी काम गर्न उहाँको निर्देशन छ ।

“सेक्युरिटी प्रिन्टिङको काम आफैँ गर्ने भनेर केही काम अघि बढेकोमा अहिले त्यतिकै रोकिएको छ । यो राष्ट्रिय सुरक्षाको कुरा पनि हो । बैंक नोट, हुलाक टिकट, राहदानी, अन्तःशुल्क स्टिकरलगायत छपाइका काम हामी आफैँ गर्नुपर्छ,” गुरुङले भन्नुभयो ।

सुरक्षित मुद्रण केन्द्रमा चाँडै नेतृत्व दिएर अर्को वर्षबाट सुरक्षित मुद्रणका आफैले गर्नसक्ने गरी व्यवस्था मिलाउन पनि उहाँले निर्देशन दिनुभयो । त्यस्तै, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी कानुनी तथा प्राविधिक संयन्त्रको निर्माण र मुलुकको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको योगदान बढाउने गरी ‘डिजिटल इकोनोमी’को अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता सञ्चारमन्त्री गुरुङले औँल्याउनुभयो ।

कार्यसम्पादन सम्झौतापछि सरकारी सञ्चारमाध्यामलाई थप प्रतिस्पर्धी र व्यावसायिक भएर काम गर्न उहाँले निर्देशन दिनुभयो । सरकार र मातहतका निकायबाट हुने प्रचारप्रसार र विज्ञापनसम्बन्धी कार्यमा सरकारी सञ्चारमाध्यामलाई प्राथमिकतामा राख्नेगरी योजना बनाईने पनि स्पष्ट पार्नुभयो ।

सरकारी सञ्चारमाध्यामको जनशक्ति पुनःसंरचना गर्ने र त्यस्ता संस्थाका कर्मचारीलाई तालिम दिने उद्देश्यले सञ्चार क्षेत्रको छुट्टै प्रतिष्ठान स्थापना गर्नेबारे आफू सकारात्मक रहेको पनि सञ्चारमन्त्री गुरुङको भनाइ छ । मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यका लागि आवश्यक पर्ने कानुन निर्माणको काम यसैवर्षभित्र गरिसक्ने दाबी उहाँको छ ।

सञ्चारमन्त्री गुरुङसँग कार्यसम्पादन सम्झौतापछि सञ्चारमन्त्री अर्यालले सरकार, मन्त्रालय र मातहतका निकायबाट चालु आर्थिक वर्षका लागि सम्पादन हुने भनि तोकिएका योजना तथा कार्यक्रमको लक्षित नतिजा हासिल गर्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । “हामीले के प्राप्त गर्ने हो, तोकिएको समय र लागतको सीमाभित्र योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छौँ”, सचिव अर्यालले भन्नुभयो, “कर्मचारीलाई उत्प्रेरित गर्दै तोकिएको समयभित्र लक्ष्य भेट्ने हो । कार्यसम्पादन मूल्याङ्कन भनेको सरकारको आवधिक योजाना, वार्षिक नीति तथा कार्यक्रम बजेटका योजना कार्यक्रमलाई तोकिएको समयसीमाभित्र सक्ने भनेर गरेर दिएको प्रतिबद्धता हो ।” मन्त्रालयभित्र र अन्तरनिकाय समन्वय गर्दै काममा तीव्रता दिने उहाँको भनाइ छ ।

कार्यसम्पादनका क्रममा समस्या देखिएमा समयमै जानकारी गराउन पनि सञ्चार सचिव अर्यालले निर्देशन दिनुभयो । समस्या देखिएका समाधानका लागि आफूले सहजीकरण गर्ने उहाँले उल्लेख गर्नुभयो ।

“दिनदिनै हुने गतिविधिबारे मन्त्रालयलाई जानकारी गराउन आवश्यक नरहेपनि महत्वपूर्ण विषयमा भने जानकारी गराउन पनि निर्देशन दिनुभयो । सेवा प्रवाह गर्ने निकायमा समस्या देखिएमा समयमै जानकारी गराउनुभयो भने त्यसको चाँडो समाधान खोज्न सकिन्छ”, उहाँले भन्नुभयो ।

सञ्चारसचिव र मन्त्रालयको सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख अनिलकुमार दत्त, फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा प्रमुख गौरव गिरी, प्रशासन महाशाखा प्रमुख बाबुराम भण्डारीबीच कार्यसम्पादन सम्झौता भएको छ ।

त्यस्तै, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, हुलाक सेवा विभागका महानिर्देशक ज्ञानहरि घिमिरे, मुद्रण विभागका महानिर्देशक गोपाल कोइराला, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।

त्यस्तै, रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाह, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्का, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसी (दिनेशराज दाहाल), नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)बीच पनि कार्यसम्पादन सम्झौता भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter