एनसेलद्वारा पलेशालाई १० लाखसहित सम्मान

काठमाडौँ, असोज ३ गते । एनसेल फाउन्डेसनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई १० लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।

राष्ट्रिय पाराओलम्पिक नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबिच एनसेलले पलेशासहित पेरिस पारा ओलम्पिकमा सहभागी पाँच सदस्यीय टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

एनसेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई तीन लाख तथा तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई जनही एक लाख रुपियाँ पुरस्कारबाट सम्मान गरेको छ ।

खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले सम्मान गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter