• Sunday, April 13, 2025

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौँ, असोज १६ गते। संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।

संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ।

न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको थियो। प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसैबिच, बुधबार संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ। उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter